१२ श्रावण २०८१, शनिबार

माओवादी नेता अतहर हुसैन फारुकीद्वारा राजिनामा
  • न्युज मानसराेवर

बाँके \ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको हालै सम्पन्न भएको आठौँ महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्य समितिमा मुस्लिम समुदायलाई पार्टीको विधान बमोजिम समावेश नगराइएको भन्दै मुस्लिम मुक्ति मोर्चाको संयोजक अतहर फारूकीले राजीनामा दिएका छन ।

उनले आफ्नो राजिनामा पत्रमा पार्टीले मुस्लिम समुदायलाई उपेक्षा गरेको आरोप लगाउदै विधानले तोकेको सदस्य संख्या अनुसार केन्द्रिय समितिमा सहभागि नगराएको कारण आफु मुस्लिम मुक्ति मोर्चाको संयोजक रहि रहन नसक्ने उल्लेख गरेका छन् ।

पार्टीको नियमानुसार ५ प्रतिशत मुस्लिम समुदायलाई समावेश गराउनु पर्ने बाध्यता रहे पनि २ सय ३६ जनाको समितिमा पूर्व माओवादीबाट हकीकुल्लाह खान र कौसर शाह गरी जम्मा दुई जनालाई मात्र केन्द्रिय समितिमा राखिएको छ ।

माओवादी केन्द्रमा मुस्लिम समुदायबाट राजनीति गरिरहेका नेपालगञ्जका अतहर हुसैन फारूकी, रजि हैदर जाकिर हुसैन, मकसूद अली, शेख चाँद तारा, मोहम्मद जलाल मियां, अस्रारुद्दीन खान, जावेद खान जस्ता नेताहरुलाई समेत बाईपास गरिएको प्रति विशेष गरी मुस्लिम समुदायका पार्टी पंक्तिका कार्यकर्ताहरु विरोध जनाई रहेका छन ।

पार्टीको भातृ संगठनको रुपमा रहेको मुस्लिम मुक्ति मोर्चाको केन्द्रिय संयोजकको जिम्मेवारी र खेल्नु पर्ने भूमिकामा आफुबाट स्वयम गल्ती भएको भन्दै संयोजक पदबाट राजीनामा दिएको अतहर हुसैन फारुकिले जानकारी दिए ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech