१२ श्रावण २०८१, शनिबार

एमालेको ८ औँ जिल्ला अधिवेशनमा पदाधिकारी संख्या कति ?
  • न्युज मानसराेवर

बाँके । नेकपा एमाले ८ औँ  जिल्ला अधिवेशनमा एक सय २० सदस्य जिल्ला कार्य समिति निर्वाचित  हुने व्यवस्था गरिएको छ ।

जसमा जिल्लाको पदाधिकारी संख्या  ५ जना  हुने छ ।

नेकपा एमालेकोे ८ औँ जिल्ला महाधिवेशन पदाधिकारीमा   अध्यक्ष १ उपाध्यक्ष १ सचिव १ र उप सचिव २ जना निर्वाचित हुने छन ।

जसमा अनिवार्य महिला पदाधिकारी एक जना रहने व्यवस्था छ ।  बाँकेका निर्वाचन क्षेत्र (भोगोल) बाट १५ जनाका दरले ४५ जना जिल्ला कार्य समितिमा निर्वाचित गराउनु पर्ने व्यवस्था छ ।

नेकपा एमालेको १० औँ महाधिवेशन बाट संशोधित विधान अनुरुप अब जिल्ला कार्य समितिमा  दलित ६ जना मधेशी बाट ६ र मुस्लिम बाट ४ जनजाति बाट ६ थारु बाट ६ अपाङ्ग बाट १ मजदुर बाट ३ महिला खुल्ला १० र पुरुष खुल्ला बाट २८ गरी कूल एक सय २० जना निर्वाचित हुने व्यवस्था  विधानले गरेको छ । ‘ बाँके जिल्ला इन्चार्ज तथा एमाले केन्द्रिय सदस्य सुर्य ढकालले जानकारी गराएका छन।

जिल्लाको नेतृत्व चयनका लागि बाँकेका ८१ वटा वडाहरु बाट करिब एक हजार एक सय प्रतिनिधि चयन भइसकेका छन।

जिल्लाको अध्यक्ष पदमा  निरक गुरुङ ,रत्न खत्री ,डिल्ली विसी ,किस्मत कक्षपति, अशोक कर्मचार्य , घननाथ खनाल , बसन्ती अधिकारी लगाएतले आकाक्षां प्रकट गरेका छन।

जिल्ला अध्यक्ष पदका आकाक्षाहरु संग भोलि   छलफल गर्ने तयारी छ ।’ सर्वसहमति बाट नै नेतृत्व चयन हुनेमा आफु विस्वस्त  छु । ढकालले भनेका छन।’

 

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech