१२ श्रावण २०८१, शनिबार

पार्टीका समस्या समाधानका लागि आफ्नो उमेद्वारीःचलाउने

२४ गते अपरान्ह ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता

  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन अजिकिदै गर्दा विभिन्न पदका उमेद्वारहरुले आप्mनो प्रसार प्रसारलाई तिब्र बनाउन थालेका छन् । संस्थापन पक्षले पदाधिकारी अझै सार्वजनिक गरेको छैन भने संस्थापन इतर समूहले नारायण प्रसाद गौडेलको नेतृत्वमा पदाधिकारी धोषणा गरिसकेको छ ।

गहन छलफलमा जुटेको संस्थापन समूहले बुधवारसम्म सबै पदमा उम्मेदवार टुंग्याउने दाबी गरेको छ । जति बाँकेमा जिल्ला अधिवेशनको चर्चा छ, त्यति नै अधिवेशनबाट निर्वाचित हुने आकांक्षी पदाधिकारीको चर्चा छ । सभापति पछिको महत्वपूर्ण पद सचिवमा संस्थापन समूहबाट घोषणा हुन बाँकी रहेपनि युवा नेता निम बहादुर चलाउने (निरज)को चर्चाले व्यापकता देखिएको छ ।

नेता चलाउनेले सामाजिक सञ्चालबाट आप्mनो उमेद्वारी घोषणा गरिसकेका छन् । संस्थापन इतर समूहबाट सचिव पदका लागि सुधांशु कोइराला र आशिष काफ्लेको उमेद्वारी घोषणा भइसकेको अवस्थामा संस्थापनबाट सचिवमा चलाउनेको उमेद्वारी पक्कापक्ी भएको र अर्को सचिव कसलाई बनाउने भन्ने विषयमा संस्थापन समूहमा छलफल चलिरहेको बताइएको छ । विकासप्रेमी नेताको छवि बनाएका चलाउने कोहलपुर नगरपालिका वडा नं. १० को निर्वाचित वडाध्यक्ष समेत हुन् ।

वडाध्यक्षमा निर्वाचित भएपछि उनले दैनिक भ्रमण भत्ता, यातायात भत्ता लगाएत अन्य शिर्षकका कुनै पनि सेवा लिएका छैनन् । उनी वडामा मात्र नभएर बाँके क्षेत्रभर नै स्पष्ट वक्ता र सहि निर्णय लिन सक्ने क्षमता भएका नेताका रुपमा परिचित छन् ।
उनले आफ्नो पारिश्रमिकबाट केही रकम वडा तथा नगर क्षेत्रमा रहेका अति विपन्न परिवार, अपाङ्गता भएका व्यक्ति तथा न्यून मजदुर श्रमिकवर्गहरुलाई निरन्तर रुपमा आर्थिक सहायता समेत गर्दै आइरहेको बताइन्छ ।

जिल्ला सचिवमा निर्वाचित भएपश्चात पार्टीमा देखिएका अन्तर समस्याहरु समाधानका गर्दै विधी पद्वती अनुसार पार्टीलाई चलाएमान राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्वता समेत व्यक्त गर्दै आइरहेका छन् । जिल्ला सचिवका उमेद्वारहरुमध्ये हालसम्म बलिया उमेद्वारको रुपमा देखिएका उनलाई निर्वाचित गराउन यस क्षेत्रका युवाहरुको समूह समेत सक्रिय बन्दै आएका छन।

बाँकेमा कांग्रेस निर्वाचनको तयारी सुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेमा निर्वाचनको तयारी सुरु गरिएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेले निर्वाचनका लागि आवश्यक तयारी सुरु गरेको हो । समितिको सोमबार सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।

जिल्ला सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकले यही पुस २३ गते दिउँसो १ बजेदेखी ४ बजेसम्म उम्मेदवारी फाराम वितरण गर्ने निर्णय गरेको हो । यस्तै पुस २४ गते अपरान्ह ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, पुस २५ गते दावी विरोध र अन्तिम नामावली प्रकाशन तथा २७ गते बिहान ९ बजेदेखी ४ बजेसम्म मतदान सम्पन्न गर्ने निर्णय गरेको छ । मतदान स्थल केही दिनमा तय गर्ने निर्णय बैठकले गरेको समितिका सदस्य एवम् प्रवक्ता अर्जुन ओलीले सार्वजनिक गरेको प्रेस नोटमा उल्लेख छ ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech