११ श्रावण २०८१, शुक्रबार

बैजनाथ करेली टोलका महिलाहरु सामाजिक उत्तरदायित्व बहन गर्दै
  • आके छिनाल

(करेली)बाँके बैजनाथ गाउँपालिका वडा न.१ करेली स्थित छाँया महिला समुहका सदस्यहरुले सामाजिक उत्तरदायित्व बहन गर्न थालेका छन । समुहमा आवद्ध महिलाहरुले आर्थिक रुपमा विपन्न स्थानीय निर्मला विक लाई २५ केजी चामल तरकारी उपहार प्रदान गरे ।
छाँया समुहका महिलाहरुले विपन्न परिवारका छात्रा रेशम सुनारलाई शैक्षिक सामाग्री सहित गाउँका स्थानीय एकल महिलाहरुलाई पछेउरा (सल) समेत उपहार प्रदान गरेका हुन । समुदायका महिलाहरुले पछेउरा सल उपहार प्रदान गरेपछि स्थानीय एकल महिला मिना सुनार ,राते लोहर, इन्द्रसरा ,महतरा देउसरी थापा हर्षित भइन ।’उनले अझै समुहका महिलाहरुले राम्रो काम गर्दै जानेमा आशावादी रहेको बताइन ।

विगत १ वर्ष पहिला यो समुदायमा यस प्रकारका गतिविधि हुदैन थियो। तर गाउँपालिका बाट संचालित साना किसान उद्यमी सुदृृढिकरण परियोजनामा आवद्धता जनाए पछि स्थानीय महिलाहरुमा परिवर्तन देखिएको छ । स्थानीय महिला तथा बैजनाथ गाउँपालिका गाउँकार्यपालिका सदस्य संगिता सुनारको बुझाइ रहेको छ ।समुहमा आवद्ध दिदी बहिनीहरुले सामुहिक सरसफाइ कार्यक्रम गर्ने बृक्षा रोपण गर्ने ,उपहार प्रदान मासिक बचत गर्ने बानिको विकास भएको छ ।’सुनारले भनिन।’ यो आफैमा हर्षित हुने परिवर्तन हो’ सुनारको बुझाई छ।


समुहमा हाल एक लाख २० हजार बचत छ । समुहका प्राय सबै सदस्य दलित समुदायका छौँ। उपहार प्रदान कार्यक्रममा समुह सदस्य हिमा विकले भनिन ।
यसै गरी समुह अध्यक्ष भुमिसरा राना क्षेत्रीले समुदायको समस्या बारे वडाका प्रतिनिधिहरु सँग गुनासो सम्बोधन गर्न अनुरोध गरिन ।
अध्यक्ष क्षेत्रीले समुदायमा पानीको अभाव रहेको र तरकारी खेती गर्नाका लागि पानी मोटर आवश्यक परेको र समुहका तर्फ बाट हाम्रो माग छ प्रतिनिधि सामु भनाइ राखिन ।

उनले समुदायमा आएको परिवर्तन परियोजना बाट प्राप्त तालिम र सिकाइ आदान प्रदान बाट आज आफुहरु बोल्न सक्ने भएको समेत भनिन । समाजमा आएको परिवर्तनले बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्ल पनि हर्षित भए । उनले गाउँमा आएको परिवर्तनले यहाँ (समाज)को भावनात्मक एकता र जिम्मेवार नागरिकका रुपमा आफुले महशुस गरेको बताए । उनले समुह बाट माग भएको पानी मोटर भोलि वडामा आएर लैजान समेत समुहका सदस्यहरु लाई निर्देशन गरे । मोटर आएपछि तरकारी उत्पादन गर्दै त्यसको बजारीकरण गर्ने जिम्मेवारी बैजनाथ सामाजिक उद्यमी महिला सहकारीको रहने बताए।’उनले गाउँपालिका बाट सहकारीलाई बजारीकरण गर्नाका निम्ति ढुवानी साधान (गाडी) समेत उपलब्ध गराइएको उल्लेख गरे ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech