१२ श्रावण २०८१, शनिबार

पदाधिकारी चयन सर्वसहमति बनाउन बैजनाथमा एमालेले गठन गर्यो समन्वय समिति

एमाले जिल्ला प्रतिनिधिहरु संग अन्तरक्रिया

  • न्युज मानसराेवर

 बैजनाथ ।  नेकपा एमाले बैजनाथ गाउँ कमिटिको आयोजनामा जिल्ला प्रतिनिधिहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ । बैजनाथ गाउँपालिकाका एक सय ५८ जना जिल्ला प्रतिनिधिहरु संग कमिटिले अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रतिनिधिहरुले जिल्ला सदस्य र पदाधिकारी आ आफ्नो इच्छा प्रकट गर्नु भएको छ’।

अन्तरक्रिया पछि बोल्दै कमिट सचिव प्रेम सुवेदीले भने ।’ हामी आज सबै जिल्ला प्रतिनिधिहरु संग छलफल गरेका छौँ’। सर्वसहमतिको आधारमा (भुगोल)अन्य जिल्ला का पदहरुमा प्रतिनिधि चयन गर्नका लागि समन्वय समिति बनाएका छौँ ‘सुवेदीले जानकारी गराएका छन।’ सचिव् सुवेदीका अनुसार नन्द्र विश्वकर्माको संयोजकत्वमा समन्वय समिति बनाइएको बताए । समन्वय समितिको सदस्यमा इन्द्र थापा, गोविन्द्र जी.सी ,प्रेम पूर्णा योगी ,प्रेम सुवेदी रहेका छन ।

जिल्ला सदस्य र पदाधिकारीमा ३७ जनाको आकाक्षीं- जिल्ला प्रतिनिधिहरुको भेलामा ३७ जनाले आगामी २३र ३४ गते हुने जिल्ला अधिवेशनमा जिल्लाका विभिन्न पदहरुमा आकाक्षा प्रकट गरेका छन।

नेकपा एमाले युवा नेता घननाथ खनालले जिल्ला अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने भेलामा जानकारी गराएका छन । यसै गरी गुमान बहादुर दमाइले पार्टीको जिल्ला अधिवेशनमा आफु जिल्ला उपाध्यक्ष पदमा उम्मेदवार हुने इच्छा प्रकट भेलामा गरेका छन ।

खनाल र दमाइ जस्तै भूगोल दलित महिला अपाङ्ग थारु जनजाति, अन्य गरी ३५ जना जिल्ला प्रतिनिधिहरुले जिल्लाका सदस्यहरुमा आ आफ्नो इच्छा प्रकट गरेका हुन।

सबै नयाँ अनुहार- नेकपा एमालेको ८ औँ जिल्ला अधिवेशनका लागि प्राय सबै नयाँ अनुहार प्रतिनिधि चयन भएका छन। नेकपा एमालेको संशोधित विधान अनुसार नगर ,पालिका कमिटिका सदस्यहरु लाई जिल्ला प्रतिनिधिमा रोग लगाए संगै  सबै नयाँ प्रतिनिधिहरु चयन भएका छन ।

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech