११ श्रावण २०८१, शुक्रबार

एमाले जिल्ला अध्यक्षमा खनालले जिल्ला प्रतिनिधिहरु संग दावि प्रस्तुत गरे
  • न्युज मानसराेवर

बाँके । नेकपा एमालेको जिल्ला अधिवेशन जति नजिक बन्दै छ त्यति नै अध्यक्ष पदमा दावेदार प्रस्तुत हुदै गइरहेको छ । आगामी पुष २३ र २४ गते हुने जिल्लाको नेतृत्वको लागि हाल बाँकेका क्रियाशिल सात जनाले आफ्नो दावि गरेका छन । दावि गर्ने मा अध्यक्ष निरक गरुङ,सचिव रत्न खत्रि, किस्मत कक्षपति ,घननाथ खनाल डील्ली विसी ,अशोक कर्मचार्य लगाएत छन।

बैजनाथ गाउँपालिका प्रतिनिधि संगको अन्तरक्रिया कार्यक्रममा बाँकेका क्रियाशिल युवा नेता खननाथ खनालले आफु अध्यक्षमा को उम्मेदवार घोषणा गरे ।   गाउँपालिकाका  करिब एक सय ५८ जना जिल्ला प्रतिनिधिहरुको अन्तरक्रियामा नेता खनालले अध्यक्ष पदको दावि गरेका हुन।

उनले पार्टी समस्यामा परेको बेला पार्टीको रक्षाका लागि संगठन निमार्ण र पार्टीको सदैव बचाउमा आफु दत्तचित्त रहेर काम गर्दै आएको
बताए । उनले पार्टीका विभिन्न कालखण्डमा महत्वपूर्ण जिम्मेवारीको सफलतापूर्वका कार्य सम्पन्न गरेको बताउदै आफु अध्यक्ष बन्नका लागि सबै तर्फ बाट योग्य रहेको बताएका छन।

यता अध्यक्ष पदमा धेरै आकाक्षीं देखिए पछि केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले सहमति गर्नाका लागि अध्यक्ष उम्मेदवारहरुलाई आग्रह गरेका छन।

उनले सहमति मा बाँके जिल्लाको नेतृत्व चयन हुनेमा आफु र जिल्ला प्रतिनिधिहरुको चाहना रहेको समेत बताएका छन । ढकालले सहमति नभए केन्द्रिय नेतृत्वले चयन गरेका उम्मेदवार नै अन्तिम हुने र सबैले मान्नु पर्ने समेत बताएका छन।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech