१२ श्रावण २०८१, शनिबार

एमाले जिल्लाको नेतृत्व चयनमा विवाद
  • न्युज मानसराेवर

बाँके\नेकपा  एमाले बाँकेको आठौं जिल्ला अधिवेशनमा नेतृत्व चयन प्रक्रिया लम्बिएको छ । अधिवेशनमा अध्यक्ष मण्डलले जिल्ला सुरुमा पदाधिकारीको नाम प्रस्ताव गरेपछि असहमती जनाउँदै  उम्मेदवारी दिएपछि प्रक्रिया लम्बिएको हो ।

अध्यक्ष मण्डलले एमाले बाँकेको अध्यक्षका लागि किस्मतकुमार कक्षपति, उपाध्यक्षमा डिल्ली बिसी, सचिवमा रत्न खत्री र उपसचिवमा दिपककुमार बर्मा तथा भुमिसरा धितालको नाम प्रस्ताव गरेको छ ।

२३ गते  उद्घाटन गरिएको एमालेको ८ औँ जिल्ला अधिवेशनमा जिल्लाको नेतृत्व चयन प्रति जिल्ला नेतृत्वका आकांक्षीहरुले असन्तुष्ट जनाएका हुन।

पार्टीका वर्तमान जिल्ला अध्यक्ष समेत रहेका अध्यक्ष पदका आकांक्षी निरक गुरुङ, उपाध्यक्षका आकांक्षी घननाथ खनाल र सचिवका आकांक्षी बलराम भट्टराई लगायतले अध्यक्ष मण्डलको  प्रस्तावमा  असहमती जनाउँदै उम्मेदवारी दर्ता गराइसकेका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले भने विहाना ७ः३० बजे सम्म उम्मेदवारी फिर्ता गर्ने समय रहेको बताउदै र्फिता नभएका पदहरुमा निर्वाचन हुने बताएका छन।

पार्टीको निर्देशन मान्छु’ भोली उम्मेदवारी फिर्ता गर्छुःनेता खनाल

बाँकेका युवा तथा क्रियाशिल नेता घननाथ खनालले न्यूजमानसरोबर संग कुरा गर्दै  भने ‘ टेलिफोनमा मेरो कुरा विष्णु कम्रेड उपाध्यक्ष (विष्णु पौडेल)  संग भयो मैले पार्टीको लाइन बाट बाहिर हुदैन भोलि आफ्नो उम्मेदवारी निकाल्ने बताएका छन। बाँके एमाले अधिवेशनमा अध्यक्ष मण्डलले घोषणा गरेको पदाधिकारी प्रति असन्तुष्टि जनाउदै जिल्ला अध्यक्ष पदमा उम्मेवारी दिएका थिए । राजनितिक जानकारहरुले भने यसलाई नेताहरुले भोलीको आफ्नो भविष्य संसदीय फाट लाई सुरक्षित गर्नाको लागि उम्मेदवारी दिने र सहमति गर्दै उम्मेदवारी र्फिता गर्ने सामान्य अर्थमा लिएका छन ।

 

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech