१२ श्रावण २०८१, शनिबार

अन्ततःएमाले बाँके पदाधिकारीमा सर्वसम्मत
  • न्युज मानसराेवर

बाँके\ ठूलो रस्साकस्सीपछि नेकपा एमाले बाँकेमा नयाँ नेतृत्व चयन भएको छ । अन्ततः अध्यक्ष मण्डलले गरेको प्रस्तावमै सहमती जुटेको हो ।

सर्वसम्मत नेतृत्व छान्ने प्रयास स्वरुप अध्यक्ष मण्डलले किस्मतकुमार कक्षपतिको अध्यक्षतामा १२० सदस्यीय कमिटी प्रस्ताव गरेको थियो । त्यसैलाई मूर्तरुपमा दिने काम भएको यसअघि अध्यक्षका दावेदार  निरक गुरुङले जानकारी दिए ।

उपाध्यक्षमा डिल्ली बिसी, सचिवमा रत्न खत्री, उपसचिवमा भूमिसरा धिताल, दिपक बर्मा चयन भएका छन् । अध्यक्षका आकांक्षी निरक गुरुङ र अशोक कर्माचार्यले अध्यक्ष मण्डलको प्रस्ताव अस्विकार गर्दै उम्मेदवारी दर्ता गराएपछि नेतृत्व छान्न सकस भएको थियो ।

तर गुरुङ र कर्माचार्यले उम्मेदवारी फिर्ता लिएसँगै एमाले बाँकेको नयाँ नेतृत्व सर्वसम्मत चुनिएको हो ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech