१२ श्रावण २०८१, शनिबार

बैजनाथले शुरु गर्यो बृद्ध बृद्धा कम्बल उपहार कार्यक्रम
  • न्युज मानसराेवर

बाँके बैजनाथ। बैजनाथ गाउँपालिकाले ७६ देखी ८० वर्षका बृद्ध बृद्धाहरुलाई न्यानो कम्बल उपहार कार्यक्रम शुरु  गरेको  छ । बैजनाथ गाउँपालिकाले जेष्ठ नागरिक सम्मान अंतर्गत बैजनाथका बृद्ध बृद्धाहरुलाई  कम्बल उपहार गरेको हो ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले सामुहिक रुपमा आज बृद्ध बृद्धाहरुलाई कम्बल हस्तान्तरण गरेकी हुन। बैजनाथ गाउँपालिका महिला तथा बालबालिका कार्यालय मार्फत बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा जेष्ठ नागरिक सम्मान अंतर्गत न्यानो कम्बल वितरण गर्ने योजना अनुसार कम्बल वितरण गरिएको हो ।आज बैजनाथ गाउँपालिका वडा न.१ देखी ४ सम्मका बृद्ध बृद्धाहरुलाई कम्बल बाड्ने कार्य शुरु गरिएको बैजनाथ महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले जानकारी गराएकी छन। कम्बल हस्तान्तरण  कार्यक्रममा सामाजिक विकास समिति  संयोजक गुमान बहादुर दमाइ सम्बन्धित वडाका अध्यक्ष ,वडा सदस्य कम्बल हस्तान्तरण गरेका थिए ।

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech