१२ श्रावण २०८१, शनिबार

दुःखको अपनत्व लिन समुहमा आवद्ध महिलाहरुले गरे उपहार प्रदान
  • आर.के. छिनाल

बाँके । बैजनाथ गाउँपालिका वडा न ४ स्थित गठित महिला समुह सदस्यहरुले दुःखको अपनत्व लिदै  खाद्यन र नगद उपहार गरेका छन। र लालिगुँरास महिला समुह ,डाफे महिला समुहका सदस्यहरुले विपन्न परिवार तथा दुःख परेका परिवार सदस्यलाई खाद्यन र नगद उपहार गरेका हुन।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजनामा आवद्ध समुहका महिलाहरुले समुह सदस्य भरति ठाडा मगर लाई २५ केजी चामल ५ केजी आलु साग २ केजी चिनी २ केजी केरा ३ दरजन र नगर २ हजार २ सय ५० सहयोग गरेका हुन।

समुह अध्यक्ष यसोदा भारति थापा लगाएतको  सदस्यहरुको सहभागितामा उपहार प्रदान गरेका हुन।

यसै गरी मुल समुह लालि गुँरास महिला समुहका सदस्यहरु उपहार समुह सदस्य प्रगति महिला समुह सदस्य सेतु तिरुवा परिवारलाई खाद्यन र आर्थिक सहयोग गरेका छन ।समुहले २५ केजी चामल आलु ३ केजी साग ५ केजी मुला ३ केजी केरा ३ दरजन र नगद एक हजार १ सय ५० रुपैया समुह अध्यक्ष कमला थापा लगाएत समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।

मुल समुह लालि गुरास समुहले सेतु तिरुवा सगै भरति ठाडा मगरलाई समेत खाद्यन र आर्थिक सहयोग गरेका छन ।समुहका सदस्य सबैको सहभागितामा २५ केजी चामल आलु ३ केजी साग ५ केजी मुला ३ केजी केरा ३ दरजन र नगद एक हजार १ सय ५० रुपैया सहयोग गरेका
थिए ।

पछिल्लो समय समाजमा सहयोगको भावनाको विकास सगै सामुहिक मेलमिलाप द्धारा यसरी दुःखको अपनत्व लिन समुहका महिलाहरुले उपहार प्रदान गर्दै आइरहेका छन। सदस्य तिरुवाको छोरी क्यान्सर बाट मृत्यु भएको थियो भने सदस्य ठाडा मगरको श्रीमानको मृत्यु भएको थियो ।  परियोजनामा आवद्ध वडा न ४ मा ५ सय ५० घर परिवार आवद्ध रहेका छन ।

  • २९ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech