१२ श्रावण २०८१, शनिबार

सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लाग्यो: एमाले
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेले सत्तारुढ गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ ।  एमाले नेताहरूले सत्ता गठबन्धन स्थानीय तहको चुनाव टार्न खोजेको एमाले नेताहरूले आरोप लगाएका हुन् ।

एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार सन्देश लेख्दै सत्ता गठबन्धन निर्वाचन टार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । ‘संघीयताको च्याम्पेन भएको दाबी गर्ने सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्ने षड्यन्त्रमा छन्,’ पोखरेलले लेखेका छन् ।

शुक्रवार निर्वाचन आयोगमा भएको छलफलमा सहभागी एमाले उपमहासचिव विष्णु रिमालले सरकार चुनाव गर्न तयार नदेखिएको आरोप लगाएका थिए । ‘२०५४ सालमा स्थानीय तहको निर्वाचन भयो । ५९ सालमा अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री भएको बेलामा म्याद नथपेको कारणले गर्दा ७४ सालमा मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्था आएको थियो । अहिले पनि सौभाग्यवश वा दूर्भाग्यवश उहाँनै प्रधानमन्त्री हुनुहुन्छ र स्थानीय तहको समय सकिँदैछ । कुनै बहानाबाजी गरेर यदि स्थानीय तहको निर्वाचन सर्न गयो भने ५४ साल सरेर ५९ र ७४ मा पुगेको जस्तो दूगर्ति हुन सक्छ भन्ने कुरो मैले आफ्नो दृष्टिकोण पनि राखे,’ छलफलपछि रिमालले भने ।

निर्वाचन आयोगले वैशाख १४ र २२ गतेका लागि निर्वाचन गर्न प्रस्ताव गर्दै माघ पहिलो साताभित्रै चुनावको मिति घोषणा गर्न प्रस्ताव गरेको छ ।

एमालेले आयोगको प्रस्ताव सकारात्मक भन्दै तोकिएको मितिमै चुनाव गर्न प्रस्ताव गरेको थियो ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech