१२ श्रावण २०८१, शनिबार

बैजनाथमा एमाले स्वर्गीय नेता रावलको शालिक अनावरण
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले स्वर्गीय नेता गगन सिंह रावलकोे शालिक अनावरण गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा न ६ स्थित एच गाउँमा रावलको शालिक अनावरण गरिएको हो ।नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकाल र बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले सयुक्त रुपमा शालिक अनावरण गरेका हुन।नेकपा एमाले बैजनाथ गाउँ कमिटिको सहजीकरणमा शालिक निमार्ण गरिएको थियो ।  स्वर्गीय नेता रावल नेकपा एमाले बाट २ पटक र पन्चायत कालमा गरी ३ पटक सम्म स्थानीय तहमा निर्वाचित वडा अध्यक्ष थिए ।

नेता रावलको शालिक अनावरण कार्यक्रममा बोल्दै नेकपा एमाले नेता सुर्य ढकालले स्वर्गीय नेता रावलले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पार्टीका सबै जनवर्गीय संगठन पार्टी पंक्ति तिनै तहको चुनावमा केन्द्रित हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले बाँकेका सह इन्चार्ज जिल्ला कमिटि ,पालिका कमिटि वडा कमिटिका पदाधिकारीहरु सदस्य लगाएतको सहभागिता रहेको थियो । नेकपा एमाले बाँकेका जिल्ला पदाधिकारी एमाले बाँकेका पूर्व अध्यक्ष लगाएतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाली काग्रेस पालिका सभापति देव बहादुर केसी लगाएतले स्वर्गीय नेता रावलको योगदानको चर्चा गरेका थिए ।

अनावरण कार्यक्रममा सल्यानी नाच समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले स्वर्गीय रावलले अनुसरण गरेको बाटो र उहाँका सपनाहरु लाई साकार गर्नाका निम्ति अब पार्टीका सबै सदस्यहरुको भूमिका  महत्वपूर्ण रहने हुँदा समाज रुपान्तरणका लागि उहाँले खेलेको भूमिका सधै स्मरण रहेने बताएका थिए ।

पछिल्लो समय स्वर्गीत नेता रावल विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल रहेका थिए । उनी समाज रुपान्तरण र कृषि सवलिकरणमा जोड दिनका लागि विभिन्न सहकारी संस्थामा आवद्धता जनाउदै नेतृत्व समेत गरिरहेका थिए । बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले जानकारी गराएका छन।  रावलको २०७७।०५।२ गते विद्युत सट बाट मुत्यु भएको थियो ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech