१६ बैशाख २०८१, आईतवार

नेपाली शान्ति सेनालाई प्रशंसापत्र प्रदान
  • न्युज मानसराेवर

बाँके\ संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोलीलाई प्रशंसापत्र दिइएको छ । नेपाली सेनाको जबरजंग गण (शान्ति सेना) तेस्रो डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गत बोयो इलाकामा रहेका हतियारधारी समूहलाई हटाउन सफल भएकोमा प्रशंसापत्र प्रदान गरिएको हो ।

सो इलाकामा मंसिर २७ देखि पुस ८ सम्म सञ्चालन गरेको गस्ती ‘जबर–१’ तथा पुस ९ देखि हालसम्म सञ्चालन गरेको गस्ती ‘जबर–२’ का क्रममा हतियारधारी समूहलाई नेपाली सैनिक टोलीले हटाउन सफल भएको थियो । मिशन अन्तर्गतको जिम्मेवारी पूरा गर्दै नागरिक सुरक्षामा प्रभावकारी कार्य गरेको भन्दै ‘मिनुस्का, फोर्स हेडक्वाटर’ बाट नेपाली सैनिक टोलीले प्रशंशा पत्र पाएको सेनाले जनाएको छ ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech