१२ श्रावण २०८१, शनिबार

नाकामा स्वाथ्य परिक्षण गर्न स्वास्थ्यकर्मी अभाव
  • न्युज मानसराेवर

बाँके\ भारतबाट फर्केका यात्रुको कोरोना जाँचमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् । नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका १७ जना स्वास्थ्यकर्मीमा ९ जना संक्रमित भएका छन् । हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन थालेको हो।

नाकाको हेल्थ डेस्कका खटिएका चिरिञ्जवी ज्ञवालीले सेवा प्रदान गर्न समस्या भएको स्कार गरेका छन। उनले जनशक्ति थप गर्नका लागि ताकेता गरीरहेको बताएका छन। थोरै जनशक्तिले कोरना संक्रमण परीक्षण गर्न सम्भव हुदैन उनले भनेका छन।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech