१२ श्रावण २०८१, शनिबार

प्रदेश २ को नाम ‘मधेश प्रदेश’
  • न्युज मानसराेवर

बाँके\ प्रदेश २ को नाम मधेश प्रदेश पारित भएको छ। मधेश प्रदेश प्रस्तावको पक्षमा प्रदेशसभामा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० जना प्रदेशसभा सदस्यहरुले मत दिएपछि प्रदेशको नाम मधेश पारित भएको हो।

मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरु सहभागी भएका थिए। यसअघि प्रदेशको स्थायी राजधानीका लागि जनकपुरधाम समेत पारित भइसकेको छ।

झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र स्थायी राजधानी तय भएको हो। सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो।

विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ। प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये ३४ जनाले विपक्षमा मतदान गरेका थिए।

 

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech