११ श्रावण २०८१, शुक्रबार

एमाले निकट किसान महासंघले स्थानीय तहमा संगठन परिचालन गर्ने
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेृ बाँकेले पछिल्लो समय भातृय संगठनहरुको क्रियाशिलतामा जोड दिइएको छ ।
नेकपा एमाले निकट किसान महासंघ बाँकेका अध्यक्ष केवल प्रसाद शर्माको अध्यक्षतामा बसेको जिल्लाको बैठकले विभिन्न निर्णय गरेको छ ।
एमाले केन्द्रिय सदस्य सुर्य ढकालको प्रमुख अथितिमा महासंघले विभिन्न निर्णय गरेको हो ।

बैठकले अखिल नेपाल किसान महासंघको बाँकेका सबै पालिका स्तरीय कमिटी गठन गर्ने निर्णय गरेको हो । किसान महासंघ लुम्बिनी प्रदेश संयोजक आरति पौडेलेको समेत सहभागिता रहेको कार्यक्रममा बाँकेका किसानहरुको परिचयपत्र र कृषी बिमा सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाइ ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ ।

बैठकमा बोल्दै बाँके जिल्ला इन्चार्ज समेत रहेको ढकालले बाँकेका सबै किसानहरुको मर्महरुमा खिल नेपाल किसान महासंघको साथ रहने खालका गतिविधिहरु संचालन गर्न र कृषका दुःखमा स्थानीय सरकार हुँदै केन्द्रिय सरकारलाई समेत झकझक्याउनु पर्ने धारण राखेका थिए ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech