१२ श्रावण २०८१, शनिबार

बैजनाथको कम्बल उपहार अभियान जारी
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ गाउँपालिकाले आज वडा न ६ र ८ मा कम्बर उपहार गरेको छ ।
बैजनाथ गाउँपालिका भित्र रहेका ७६ बर्ष देखी माथीका बृद्धबृद्धाहरुलाई गाउँपालिकाले कम्बल उपहार गरेको हो ।

कम्बल उपहार कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडी सामाजिक विकास शाखा संयोजक गुमान बहादुर दमाइ सम्बन्धित वडाका वडा अध्यक्ष लगाएतको सहभागितामा बृद्धबृद्धाहरुलाई कम्बल उपहार गरिएको महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले जानकारी गराइन।

गाउँपालिकाले सबै वडाहरुमा बृद्धबृद्धाहरुलाई सम्मान स्वरुप कम्बल वितरण गर्ने कार्यक्रम रहेको समेत ज्ञवालीले बताएकी छन।

पछिल्लो समय  तराईका जिल्लाहरुमा अत्यधिक चिसो बढे सगै स्थानीय तहहरुले बृद्धबृद्धाहरुलाई कम्बल उपहार गरेको पाईन्छ ।

 

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech