बाँके । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको टोल कमिटी विस्तार गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा न ५ स्थित विनौनामा टोल कमिटी विस्तार गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपालको विस्तार कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले युवाहरु लाई समाजका बेथिति विरुद्ध एक भएर समाज रुपान्तरण तर्फ केन्द्रित हुन आग्रह गरे । उनले अब हुने निर्वाचनमा युवाहरु शशक्त रुपमा परिचालन हुँदै पार्टीलाई विजयी बनाउन निर्देशन समेत दिएका छन ।
टोल कमिटि विस्तार कार्यक्रममा एमाले नेता तुलसिराम थारु,रामकुमारी थारु,सुधा थारु,अंकित श्रेष्ठ ,जित बहादुर डाँगी,शेर ब वि.क ज्ञानु वलि लगायतले पछिल्लो राजनितिक अवस्था बारे आ आफनो धारणा राखेका थिए ।
स्थानीय आशाराम थारुको नेतृत्वमा २७ सदस्यीय टोल कमिटी विस्तार भएको छ ।
पछिल्लो समय जिल्लाका हरेक कार्यक्रमहरुमा एमालेका जिल्ला तह र केन्द्रिय तहका नेताहरु वडा – वडा स्तरमा परिचालन भएका छन।