बाँके\नायिका रेखा थापाले आउने वैशाखमा बिहे गर्ने तयारी गरेकी छन् । नयाँ वर्षमा एक अमेरिकी गैरआवासीय नेपालीसँग उनले बिहे गर्न लागेकी हुन् । धेरै तामझाम नगरी सामान्य तरिकाले बिहे गर्ने योजनामा थापा छिन् । ती युवकबीच रेखाको बिहेको मगनी अन्तिम चरणमा पुगेको बताइएको छ।
नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री थापाले यसअघि आफ्नो बिहे आगामी वर्ष हुने बताउँदै आएकी थिइन् । चलचित्र निर्माता छविराज ओझासँग पहिलो वैवाहिक सम्बन्ध टुङ्गिएयता रेखा सिङ्गल थिइन् । गोरखापत्रमा खबर छ ।