१२ श्रावण २०८१, शनिबार

बाजुरेली बस्तीमा आएको खुसीयाली
  • न्युज मानसराेवर

बाँके बैजनाथ / कुनै समय सरकारले बस्ती आगाे लगाउँदा काे पीडा छदैछ । समय बलवाल रैछ आज स्थानीय सरकारले आर्थिक रूपान्तरणका लागि बाख्रा पालल गर्न प्राेत्साहन गरिरेकाे देख्दा बैजनाथ गाउँपालिका वडा न ४ बाजुरेली बस्तीमा खुसियाली छाएकाे छ । स्थानीय लाल बहादुर बाेगटी भनाई छ ।२०५८ सालमा बाजुराकाे बिकट स्थान कुरू भन्ने ठाउँबाट चरम खाद्य संकट र शशस्त्र द्वन्द्वकाे पीडा बाट २८ घर बसाई सरेका उनिहरूलाई राज्यले चरण बद्व रूपमा बस्ती उठाउन आगाे समेत लगाईएकाे थियाे ।

तत्कालीन समयमा जनआश्रित सामुदायिक वनले २०६९ पौष ५ गते बलपूर्वक बस्ति हटाउने निर्णय गरेको थियो ।

सामुदायिक वन र बाँके राष्ट्रिय निकुञ्जकाे दवावमा बस्तीमा हात्ती र आगाे लगाईएकाे थियाे ।

१२ दिन सम्म खुल्ला आकाशमा बस्न बाध्य भएका बाजुरी बस्ती थाकेका हातहरू र चिच्याएका चित्काहरू फेरि बस्ति निर्माण जुटेकाे थियो । त्यो घाउहरूमा स्थानीय सरकारले मलम लगाउने काम गरेकाे छ । बस्तिकी योगमाया रोकाया भन्छिन् ।

हाल स्थानीय सरकारले बस्तिमा बाख्रा पालनकाे पकेट क्षेत्रका लागि खाेर निर्माण सँगै महिला शसत्तिकरण गदै आईरहेकाे छ । बैजनाथ गाउँपालिकाकाे आर्थिक सहयाेगमा पहिलो चरणमा हाल बस्तिमा १४ घर परिवारकाे नमुना बाख्रा खाेर निर्माण भईरहेकाे छ ।

तत्कालिन अवस्थामा राज्यले कुनै विकल्प दिएर अन्यत्र बास्थान बनाउनु पर्ने जिल्ला शान्ति समिति बाँके अध्यक्ष नरहरी नाथ योगी , मानव अधिकारकर्मी तत्कालिन प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेल सर्वदलिय राजनितिक दल को निर्णयले बाचेकाे बस्तीमा हाल धेरै परिवर्तन आईसकेकाे छ ।हाल बस्तिका स्थानीय महिलाहरू समुहमा आवद्वता हुँदै जिवन सघर्षरत छन । स्थानीय सरकारकाे सहयोग बाट जीवन रूपान्तर हुने विस्वास लिएका छाैं बाजुरेली महिला समुहकी अध्यक्ष गंगा बाेगटीकाे भनाई रहेकाे छ ।

बैजनाथ गाउँपालिकाकाे आर्थिक सहयाेगमा हाल बैजनाथ गाउँपालिका वडा न ४ मा  २२ वटा समुहमा काम भईरहेकाे छ। वडा न ४का वडा अध्यक्ष कालि बहादुर सिंहले जानकारी गराएका छन ।सिंहका अनुसार परियाेजना संचालन भए पस्चात समुदायमा उपहार प्रदान बस्ति सरसफाइ सहयोगी भावनाकाे विकास भईरहेकाे बताएका छन।

परियाेजना अन्तगत हाल वडा न १ देखि ४ वडाका करिव ३ हजार परिवार लाई मध्य नजर गर्दै सहकारी समेत संचालनमा ल्याईएकाे
छ । स्थानीय सरकारले समुहमा उत्पादित बस्तुहरूकाे बजारीकरण गर्नाका लागि ढुवानी साधन समेत उपलब्ध गराएकाे छ । बैजनाथ गाउँपालिकाले साना किसान उद्यमी सुढृढिकरण परियाेजना मार्फत आर्थिक वर्ष २०७८/०७९ र २०७९/ ८० का लागि ३ कराेड १३ लाख रूपैयाँ विनियोजन गरेकाे छ । हाल परियाेजना मार्फत ३ हजार ६ सय ५० परिवारले प्रत्यक्ष लाभ लिईरहेका छन ।

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech