१२ श्रावण २०८१, शनिबार

माओवादी नेता पुन चीनबाट चार्टर्ड विमानमा स्वदेश फर्किंदै
  • न्युज मानसराेवर

बाँके\ नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन (अनन्त) चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कंदै छन् ।

पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech