१२ श्रावण २०८१, शनिबार

चुनाव सार्ने गठबन्धनको कुरा संविधानसम्मत छैन, त्यसलाई कांग्रेसले बोक्नु हुँदैन : गगन थापा
  • न्युज मानसराेवर

काठमाडौँ\ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्ने बताएका छन् ।

शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत नभएको बताए ।

कानून संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत नहुने भन्दै उनले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्न नहुने बताए । पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूले सो कुरा राखिसकेको उनले बताए ।

गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरे ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech