१८ असार २०८३, बिहीबार

कर्णाली प्रदेश प्रमुख परियार कोहलपुर नगरपालिकामा
  • न्युज मानसराेवर

कोहलपुर \ कर्णाली प्रदेश प्रमुख माननीय तिलक परियारले कोहलपुरको विकास निमार्णको अवलोकन गरेका छन।कोहलपुर नगरपालिका बाट सञ्चालित आयोजनाहरुको परियारले अवलोकन गरेका हुन । यसै गरी परियारले कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत सँग विकास निमार्ण लगाएत अन्य विषयहरुमा छलफल समेत गरेका छन।

परियार बाँके निवासी हुन। उनी तत्कालिन प्रदेश न २ हाल (मधेस प्रदेश) का प्रदेश प्रमुख समेत नियुक्त भएका थिए । हाल परियार कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा छन । कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक डिल बहादुर परियारले  आफ्नो सामाजिक सञ्जालमा उक्त अवलोकन बारे उल्लेख गरेका छन।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech