११ श्रावण २०८१, शुक्रबार

एमसीसी जोडेर माओवादीप्रति बाबुरामको कटाक्षः भित्र खाओवाद बाहिर माओवाद
  • न्युज मानसराेवर

बाँके\ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी प्रकरणमा माओवादी केन्द्रको दोहोरो भूमिका देखिएको भन्दै कटाक्ष गरेका छन् । ट्वीटरमार्फत उनले भित्रभित्रै एमसीसी पास गर्ने सहमति गरेर बाहिर अर्कै चरित्र प्रदर्शन गर्ने काम भएको भट्टराईको आरोप छ ।

‘भित्रभित्र  राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद’ भट्टराईले भनेका छन्, ‘माछा देखे भित्र हात,सर्प देखे बाहिर हात !  भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइ जिभ्रे प्रवृत्तिबाट मुक्त हुदैन तबसम्म देश बन्दैबन्दैन।’
उनले एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्ने चेतावनी पनि दिएका छन् । भट्टराईले एमसीसी पारित हुनुपर्ने धारणा राख्दै आएका छन् ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech