१२ श्रावण २०८१, शनिबार

अनेकौं रोगको औषधि हो अमला, यस्ता छन् फाइदा
  • न्युज मानसराेवर

बाँके\अमलामा भरपूर भिटामिन हुन्छ । यसको सेवनले इम्युनिटी छिटो बूस्ट हुन्छ । यसले पाचनतन्त्र बलियो बनाउनुका साथै शारीरिक विकासलाई पनि सहयोग गर्छ । अमलालाई काँचै, अचार बनाएर वा जुस बनाएर खान सकिन्छ । यसको बिऊ समेत काम लाग्छ ।

जाडो महिनामा छालासम्बन्धी समस्या आउनु नौलो कुरा हैन । त्यसबाट बच्नका लागि अमलाको पेस्ट बनाएर त्यसमा अलिकसत नरिवलको तेल राखी दल्नुस् । छाला चिलाउने, पोल्ने र सुक्खा हुने समस्याबाट तत्काल मुक्ति पाइन्छ ।

कब्जियतको समस्या भएका मानिसका लागि पनि अमला वरदान हो । अमलालाई सुकाएर धूलो बनाई एक चम्चा मनतातो पानीसँग पिउनुस् ।

बाडुली लागेर हैरान हुनुभएको छ भने पनि अमला लाभदायक हुन्छ । अमलाको धूलोमा दुई थोपा मह मिसाएर खाइदिनुस् । बाडुली लाग्न छोड्छ ।

बिहानै उडेर अमलाको झोल पिउनुभएमा इम्युनिटी बूस्ट हुन्छ । अनि रुघाखोकी र ज्वरो जस्ता मौसमी रोगबाट बच्न सकिन्छ । कोरोनाले सताउन पनि पाउँदैन ।

बच्चाहरूको नाकबाट रगत आउने समस्याबाट मुक्ति पाउन अमलाको पेस्ट केही बेरसम्म बच्चाको निधारमा राख्नुस् । त्यसले शरीरलाई शीतल अनुभव गराउँछ ।

आँखा पोल्ने वा चिलाउने समस्या भएमा अमलालाई पिँधेर आँखाको ढकनीमा दल्नुस् । अमलाको रसको दुई थोपा आँखामा राख्दा पनि हुन्छ । केही दिन यसो गर्दा आँखाले आराम अनुभव गर्छ ।  एजेन्सी

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech