१२ श्रावण २०८१, शनिबार

बैजनाथमा एमालेको सचिवालयले तोक्यो वडा स्तरमा इन्जार्ज
  • न्युज मानसराेवर

बैजनाथ । नेकपा एमाले पालिका स्तरीय कमिटिको प्रथम सचिवालय बैठक सम्पन्न गरेको छ ।
एमालेको पालिका स्तरीय सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले निर्वाचनलाई मध्य नजर गर्दै वडा न १ देखी ८ वडा सम्म इन्चार्ज र सह इन्चार्ज तोकेको छ ।

बैठकले वडा न १ मा गोपाल चन्द्र वडा २ मा जगत विसी  ३ मा टोप बहादुर घर्ती ४ मा मनमाया चुनारा ५ मा मन बहादुर खत्री ६ मानै ने रोकाय वडा न ७ मा द्म बहादुर शाही वडा न ८ मा मेघ बहादुर सुनारलाई इन्चार्जको जिम्मेवारी तोकेको हो । यसै गरी संगिता सुनार सजन आचार्य भूपाल शर्मा पशुनाराण चौधरी लगाएत ८ जना पालिका स्तरीय कमिटीमा मनोनित गरिएको नेकपा एमाले पालिका कमिटीले जनाएको छ ।

स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमहरु समेत संचालन गरिने नेकपा एमाले पालिका अध्यक्ष इन्द्र बहादुर थापाले बताएका छन । अब छिटै वडा स्तरमा समेत विभिन्न निर्वाचन लक्षित कार्यक्रमहरु संचालन गरिने थापाले न्यूज मानसरोबरलाई बताएका छन।

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech