१२ श्रावण २०८१, शनिबार

कर्णालीमा पहिलो पटक गैरसरकारी विधेयक प्रदेशसभामा टेबुल
  • न्युज मानसराेवर

सुर्खेत\ कर्णाली प्रदेशसभामा पहिलो पटक गैरसरकारी विधेयक टेबुल भएको छ । प्रदेशको जारी अधिवेशनमा जुम्लाका सांसद नरेश भण्डारीले गैरसरकारी विधेयक टेबुल गराएका हुन् ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८ टेबुल गर्दै आफ्नै मौलिक भाषा, सभ्यताको जगर्ना गर्न यो कानून अपरिहार्य भएको बताए ।

विधेयक टेबुल गर्दै उनले विदेशी भाषा सभ्यता र संस्कृतिले अतिक्रमण गर्दापनि नेपालको मुल सभ्यता सिंजा सभ्यताका बारेमा अध्ययन मात्रै भइरहेको उनले बताए ।

‘भाषा, सभ्यता र संस्कृतिको बिनासले सम्बन्धित सामाजिक संरचनाको विघटन हुने वास्तविकतालाई हृदयंगम गरेर भाषा, सभ्यता र संस्कृतिको संरक्षण र विकासका लागि विशेष कानुन र संरचना निर्माणका लागि यो विधेयक ल्याइएको छ’, सभामा उनले भने ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech