१२ श्रावण २०८१, शनिबार

राप्तीसोनारी गाउँपालिमा अखिल नेपाल महिला संघमा चमेली बागबल चयन
  • न्युज मानसराेवर

बाँके\ बाँकेको राप्ती सोनारी गाउँपालिका महिलाहरुको बृहत मेलालले पालिका स्तरीयअखिल नेपाल महिला संघ विस्तार गरिएको छ ।
नेकपा एमाले निकट अखिल महिला संघ पालिका स्तरीय कमिटीको अध्यक्षमा चमेली बागबल चयन गरेको छ ।

बाकबलको अध्यक्षतामा ३५ सदस्य पालिका कमिटी विस्तार गरेको हो ।

अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश सदस्य तथा एमाले जिल्ला सदस्य विजुला अधिकारीको अध्यक्षतामा महिलाहरुको भेला संचालन गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा अनेमसंघ केन्द्रीय सचिवालय सदस्य दिपा शर्माले लोकतन्त्रको रक्षा गर्न र महिला नेतृत्वको विकास गर्नका लागि अनेमसंघको महत्वपूर्ण राजनितिक योगदान रहेको बताएकी छन। शर्माले निर्वाचित अनेमासंघका पदाधिकारीहरुलाई स्थानीय निर्वाचन लक्षित हुन समेत आग्रह गरेकी छन।

विशिष्ट अथिति एमाले केन्द्रिय सदस्य एव बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले एमाले लाई घेराबन्दी बाट कुनै असर नपर्ने बताए ।उनले गठबन्धनको औचित्य नरहेको बताए। उनले वितेका ६ महिनामा आम नागरिकहरुलाई गठबन्धनले चर्को महगी उपहार दिएको बताए ।

ढकालले लोकतन्त्र र विर गोरखार्लीको योगदान बाट प्राप्त देशको सिमा रक्षा एमाले पार्टीले मात्र बचाउन सक्ने बताए । उनले चरम भष्टचार र आम नेपालीहरुको श्रम बाट चलेको सरकारले कुनै पनि नागरिक राहतका कार्यक्रमहरु नल्याएको बताउदै गरिब जनता माराका रुपमा गठबन्धन सरकार रहेको समेत दावि गरेका छन।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य बसन्ती अधिकारी ,रामदास थारू, अनेमासंघ केन्द्रिय सदस्य भारती खनाल , अनेमासंघ जिल्ला अध्यक्ष भगवती बराल , राष्ट्रिय युवा संघ नेपाल बाँके इन्चार्ज खेमराज शर्मा जिल्ला कमिटी सदस्य तुल्सीराम थारू लगाएतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेताहरु भरत बुढाथोकी ,हर्क बिष्ट अजय गद्दी ,राप्तीसोनारी गाउँपालिका अध्यक्ष मनोज के सी,सचिव सुधा थारू,सह सचिवक। पुर्ण थारू लगाएत पार्टीका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

 

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech