१२ श्रावण २०८१, शनिबार

कांग्रेसका १६ जिल्लाको अधिवेशन फागुन १३ गते
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेन फागुन १३ गते हुने भएको छ। अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बाँकी जिल्लामा अधिवेशन गर्ने विषयमा बहस भइरहेका बेला निर्वाचन समितिले बाँकी जिल्लाको अधिवेशन तोकेको हो।

१४औँ महाधिवेशनका बेला क्रियाशील सदस्यताको विवाद नटुंगिएकाले १६ जिल्लाको अधिवेशन थाती राखिएको थियो। सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ।

यस्तै केही पालिका र वडामा पनि अधिवेशन रोकिएकाले ती स्थानमा पनि फागुन १० भित्रै अधिवेशन सकिने निर्वाचन समितिले  उल्लेख गरेको छ । फागुन १५ सम्ममा १४औँ महाधिवेशनका सबै काम सम्पन्न गरिने बताइएको छ ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech