१२ श्रावण २०८१, शनिबार

माओवादीको ‘जनयुद्ध दिवस’ मनाउन मधेस प्रदेशले दियो सार्वजनिक विदा
  • न्युज मानसराेवर

बाँके\ तत्कालीन माओवादीले हिंसात्मक संघर्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ ।

पहिलोपटक प्रदेश सरकारले फागुन १ लाई ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक विदासमेत दिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले आज सुचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने बताएका छन् ।अहिलेसम्म संघीय सरकार वा कुनै पनि प्रदेश सरकारले जनयुद्ध दिवस भनेर विदा दिएका थिएनन् ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech