१२ श्रावण २०८१, शनिबार

लुम्बिनी सरकारले तीन दिनसम्म स्थापना दिवस मनाउने
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले फागुन १-३ सम्म प्रदेश स्थापना दिवस मनाइने बताएका छन्। प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो।

कोभिड संक्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रूपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिएका छन्।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech