१२ श्रावण २०८१, शनिबार

एमसीसीमा सहमती जुटाउने शीर्ष नेताको प्रयास असफल
  • न्युज मानसराेवर

काठमाडौं । गठबन्धनका शीर्ष नेताहरु अमेरिकी सहयोग परियोजना ९एमसीसी० का विषयमा अझै एकमत हुन सकेका छैनन् ।

शनिबार गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएपनि सहमती जुट्न नसकेको हो । एमसीसी र स्थानीय निर्वाचनका विषयमा कुरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार एमसीसीका विषयमा शीर्ष नेताहरुबीच सहमती जुट्न सकेन् । फागुन २ गतेको संसद बैठक सार्ने विषयमा पनि छलफल भएको बुझिएको छ । नेकपा एमालेले २ गतेको बैठक सञ्चालन नगर्न आग्रह गरेपछि प्रचण्ड र नेपालले ४ गते बैठक राख्न सकिने सुझाव दिएका छन् । नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने लाइनमा छ । नेकपा एसले भने एमसीसीको विरोध गरिरहेको छ ।प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई संसदबाट पारित गराउने प्रतिवद्धतासहित लेखेको पत्र बाहिरिएपछि यसबारे आमचासो बढेको छ ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech