१२ श्रावण २०८१, शनिबार

बाँकेमा आक्रमण रुपमा वडा कमिटी विस्तार गर्दै राष्ट्रिय युवा युवा संघ नेपाल
  • न्युज मानसराेवर

कोहलपुर । राष्ट्रिय युवा संघ नेपाललेआफ्नो संगठनलाई वडा स्तर सम्म परिचालन गर्ने भएको छ ।नेकपा एमाले निकट युवाहरुको बलियो संगठन राष्ट्रिय युवा संघ नेपालले आज कोहलपुर नगरपालिका वडा न ८ मा प्रथम वडा अधिवेशन मार्फत कमिटी विस्तार गरेको छ ।

अधिवेशनले  सुरेन्द्र वलीको अध्यक्षतामा वडा स्तरीय युवा संघ विस्तार गरेको हो ।  वलीको अध्यक्षतामा ३५ सदस्य कार्य समिति चयन भएको छ । कार्यक्रममा अधिवेशनका प्रमुख अथिति राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज खेमराज शर्माले सामाजिक न्याय र लोकतन्त्रको रक्षा एमाले मात्र गर्ने दावि गरेका छन।

उनले गठबन्धन सरकार बाट चरम महगी जनता मारा निति अबलम्बन गरेको आरोप लगाए । शर्माले अब स्थानीय तहको निर्वाचनमा गठबन्धन मोर्चा लाई एमालेले चुनौति दिने भन्दै चुनाव केन्द्रित हुन र आवश्यक परे देश र जनताका लागि मर्न तयार रहन शर्माले युवाहरुलाई  निर्देशन समेत दिएका छन।

कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भूसालले अब हुने निर्वाचनमा युवाहरुका मुद्धा स्वरोगार नीति लाई कार्यान्वय तह सम्म लैजानका निम्ति फेरी पनि एमालेको सरकार आवश्यक रहेको बताए । उनले नगर सरकारले ल्याएका नीतिलाई कार्यान्वयन गर्नाका लागि पनि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन। उनले युवा संघ बाट निर्वाचित कम्रेडहरुलाई सामाजिक रुपान्तरका लागि क्रियाशिल हुन समेत आग्रह गरे।यसै गरी कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष समेत रहेको रेशम खत्रीले वडाको समग्र वडाको विकास बारे जानकारी गराए । उनले अब हुने निर्वाचनमा समेत वडा न ८ बाट एमालेको नेतृत्वका लागि सबै भातृय संगठन परिचालन हुन आवश्यक रहेको बताए । कार्यक्रममा  नेपाल उत्पीडित जातीय मुक्ति सामाजका केन्द्रिय सदस्य हरि बहादुर सुनार, एमाले जिल्ला कमिटी सदस्य युवा नेता कुस्मा बस्याल लगाएतको एमाले नेता तथा कार्यकर्ताहरुको बाग्लो सहभागिता रहेको थियो । प्रथम अधिवेशनको अध्यक्षता प्रवीण ढकालले गरेका थिए ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech