१२ श्रावण २०८१, शनिबार

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा हुने
  • न्युज मानसराेवर

बाँके\ नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ।

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी  गराएका छन।

तियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) गरी १० टिमको सहभागिता रहने छ। एकल र टिम कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ। पुरुषमा १ सय १० र महिलामा १ सय गरी २ सय १० खेलाडीको सहभागिता रहने छ। टिम च्याम्पियनलाई १ लाख नगद पुरस्कार दिइने छ भने उत्कृष्ट पुरुष महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech