१२ श्रावण २०८१, शनिबार

बैजनाथ ३ मा राष्ट्रिय युवा संघ नेपालको कमिटी विस्तार
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ३ मा राष्ट्रिय युवा संघ नेपालको वडा स्तरीय कमिटी विस्तार गरिएको छ ।

बैजनाथ गाउँपालिका वडा स्तरीय भेलाले सुरेन्द्र बस्नेतको अध्यक्षतामा १५ सदस्य कार्य समिति विस्तार गरेको हो ।

कार्यक्रममा प्रमुख अथिति नेकपा एमालेका का प्रदेश कमिटी सदस्य युवा नेता घननाथ खनालले युवाहरुलाई निर्वाचन लक्षित हुन निर्देश
गरे । उनले युवाहरु सामाज रुपान्तरणका प्रमुख शक्ति रहेको बताउदै गठबन्धन सरकारले जनतालाई केवल महगी उपहार दिएको बताए ।

जनताको सरकार ढलाएर गठबन्धनले लोकतन्त्र मास्न खोजेको आरोप समेत लगाएतका थिए ।कार्यक्रमा जिल्ला कमिटी सदस्य कृष्णा सार्की पालिका कमिटी सदस्य पद्मा रोकायाले समेत युवाहरुको भेलालाई सम्बोधन गरेका थिए ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech