१२ श्रावण २०८१, शनिबार

अनेरास्ववियु बाँके अध्यक्षमा केसी
  • न्युज मानसराेवर

बाँके \अनेरास्ववियु बाँकेको १९ औं जिल्ला अधिवेशनबाट दिनेश केसी सर्वसम्मत निर्वाचित भएका छन् । जिल्लाको अधिवेशनबाट केसीको अध्यक्षतामा ४७ सदस्यीय जिल्ला कमिटि विस्तार गरिएको हो ।

कार्यक्रममा  अनेरास्ववियु  केन्द्रिय उपाध्यक्ष एम पाण्डेले लोकतन्त्रको रक्षाका लागि युवाहरुको भूमिका महत्वपूण हुने बताए । उनले गठबन्धन सरकारको भन्डाफोर गर्न समेत आग्रह गरेका छन।

देशमा गठबन्धनको रचाइले थप जनता चरम महगीको सिकार भएको आरोप समेत लगाए । कार्यक्रममा विशिष्ट अथिति नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले विद्यार्थी नेतृत्वका विकास आजको आवश्यता रहेको बताएका छन।

ढकालले निर्वाचित पदाधिकारीहरुलाई बधाइ दिदै देशको संबैधानिक अखण्डताको रक्षाका लागि युवा शक्ति एक हुनुपर्ने बेला आएको बताएका थिए । उनले गठबन्धन सरकारले जनता मार नीति लिएको समेत आरोप लगाएका छन।

कार्यक्रममा नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिले पार्टीलाई चौतर्फी घेराबन्दी गर्न विभिन्न शक्तिहरु सक्रिय  रहेको आरोप लगाउदै कक्षपतिले युवा शक्ति अब यस्ता घेराबन्दीका विरुद्धको प्रतिवादमा उत्रन आग्रह समेत गरे ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech