१२ श्रावण २०८१, शनिबार

काउन्टर रणनीति बनाउँदै एमाले
  • न्युज मानसराेवर

काठमाडौँ\ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछिको रणनीति तय गर्न नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमवार मध्याह्न बैठक शुरू भएको हो ।

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्थिरतावादीहरूले संविधान कार्यान्वयनमा फेरि व्यवधान खडा गर्न खोजेको आरोप लगाए ।

‘अस्थिरतावादी शक्तिहरू लोकतान्त्रिक प्रणाली, लोकतन्त्रको कार्यान्वयन, सुदृढीकरण र संविधानको कार्यान्वयनमा व्यवधान पुर्‍याउन अगाडिदेखि नै लागिरहेका छन् । अस्वाभाविक, कृत्रिम, अप्राकृतिक ध्रुवीकरण र तथाकथित गठबन्धन निर्माण गरेर अनेक तमासा भइरहेका छन्,’ ओलीले भने ।

प्रधानन्यायाधीशविरुद्ध महाभियोगको डण्डा लागाइएपछि पार्टीको धारणा बनाउन हतारमा संसदीय दलको बैठक बोलाउनु परेको ओलीले बताए ।

एमालेले महाअभियोग प्रस्ताव अगाडि बढाउनेबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

सत्ता गठबन्धनलाई काउन्टर दिने बताएको एमालेले असार २८ गते परमादेश गर्ने चार न्यायाधीशलाई महाभियोग प्रस्ताव दर्ता गर्नेसम्मको चर्चा भइरहेको छ ।

तर, हस्ताक्षर संकलन गरेपनि महाभियोग प्रस्ताव दर्ताको सम्भावना न्युन रहेको एमाले स्रोतले लोकान्तरलाई बतायो ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech