११ श्रावण २०८१, शुक्रबार

कांग्रेसले बोलायो संसदीय दलको बैठक, महाभियोगबारे छलफल हुने
  • न्युज मानसराेवर

काठमाडौँ\नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक भोलि, मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावबारे छलफल हुने कांग्रेस सांसदले बताएका छन्। आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गराएपछि प्रमुख प्रतिपक्ष एमालेले भने सोमबार नै दलको बैठक राखेको छ। बैठक संसद् भवनको ल्होत्से हलमा जारी छ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech