१२ श्रावण २०८१, शनिबार

एमसीसी पास गर्न माओवादी सहयोगी बन्दैन : नेता महरा
  • न्युज मानसराेवर

कोहलपुर \नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले राष्ट्रघाती एमसीसी पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन । माओवादी केन्द्र कोहलपुर नगर समितिको बिस्तारित बैठकमा बोल्दै महराले माओवादी एमसीसीको बिपक्षमा रहने बताए ।

उनले तोकिएको मितिमा स्थानीय चुनावमा हुने भन्दै चुनावको तयारीमा लाग्न कार्याकर्तालाई निर्देशन दिए ।

माओवादी केन्द्र कोहलपुरको बिस्तारीत बैठकमा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले चुनाबी अभियानमा लाग्न निर्देशन दिए । कोहलपुरको बिकास र समृद्धिका लागि माओवादीको नेतृत्व आवश्यक रहेको भन्दै जनताको घर घरमा जान निर्देशन दिएका छन।

माओवादी केन्द्रले स्थानीय चुनाव लक्षित एक महिने जन सम्वन्ध सुद्धृढीकरण तथा बिस्तार अभियान घोषणा गरेको छ ।

  • ३ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech