१२ श्रावण २०८१, शनिबार

बैजनाथमा एमाले अभियान तिब्र आज कांग्रेस परित्याग गर्दै ६ जना एमालेमा प्रवेश
  • न्युज मानसराेवर

बैजनाथ \स्थानीय चुनाव लक्षित नेकपा एमाले ले बैजनाथ गाउँपालिका स्तरीय कमिटीले अभियानलाई तिब्रता दिएको छ । गाउँपालिका कमिटीले वडा स्तरीय युवा संघ अनेमासंघ लगाएत एमालेका भातृय संगठनहरुको चलाएमान आवश्यक पर्छ ‘।त्यस अनुरुप अभियान जारी छ ‘।नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटी अध्यक्ष इन्द्र थापाले जानकारी गराएका छन।  पछिल्लो समय हामीले  घर र्फक अभियानलाई तिब्र रुपमा गाउँपालिकाका सबै वडाहरुमा संचालन गरेका छौँ।’नेकपा एमाले पालिका कमिटी सचिव प्रेस सुवेदीले भने। देशको पछिल्लो राजनितिक परिघटनाले एमालेका नेता कार्यकर्ताहरु नेकपा एस (माधव नेपाल समुह)मा छन। त्यहाँ रहेका नेता कार्यकर्ताहरु लाई  एमालेमा ल्याउन एमाले गाउँपालिका कमिटीले विषेश अभियान संचालन देखिन्छ ।

आज बैजनाथ गाउँपालिका वडा न.३ मा नेपाली कांग्रेस बाट ६ जना एमालेमा प्रवेश गरेका छन। नेपाली कांग्रस परित्याग गर्दै स्थानीय आशा केसी ,अमृत विष्ट, हरी विष्ट ,लक्ष्मी खत्री ओगी सरा विष्ट नेकपा एमालेमा प्रवेश गरेका हुन। उनीहरुलाई एमाले प्रदेश कमिटी सदस्य घननाथ खनालले पार्टीमा स्वागत गरेका छन। खनालले लोकतन्त्रको रक्षाका लागि एमाले देशको पार्टी रहेको दावि गरे ।

समृद्ध बैजनाथ खुसी नेपालीको अभिभारा स्थानीय सरकारले आफ्ना कामहरु बाट देखाइरहेको समेत बताएका छन।यस अघि बैजनाथ गाउँपालिका वडा न ४ मा समेत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी  एमालेमा प्रवेश भएका थिए । पार्टी प्रवेश कार्यक्रम एमाले वडा न ३ का अध्यक्ष काली बहादुर खड्काको अध्यक्षमा संचालन गरिएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य कृष्णा सार्की नेतृ शारदा रेग्मी विक, पालीका कमिटि, वडा कमिटीका पदाधिकारी लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।

  • ३ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech