१२ श्रावण २०८१, शनिबार

प्रतिनिधि सभा बैठक आज, एमसीसी टेबुल गर्ने तयारी
  • न्युज मानसराेवर

बाँके\ प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।सभाको दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन ।तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन् ।नेपाली कांग्रेसको मंगलवारको बैठक बसेको संसदीय दलको बैठकमा देउवाले तत्कालीन नाफा–घाटा नहेरी एमसीसी टेबल गर्ने बताएका थिए । संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech