१५ चैत्र २०८०, बिहीबार

७०२ स्थानीय निकायका ५ हजार विद्यालयमा पुग्यो ईन्टरनेट
  • न्युज मानसराेवर

बाँके\ नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालन गरी सञ्चालित परियोजनाहरुको माघ मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ९९ दशमलव ३५ प्रतिशत सम्पन्न भएको प्राधिकरणले बताएको छ । आयोजनाबाट ग्रामीण क्षेत्रका करीब १५ हजारभन्दा धेरै सरकारीरगैरसरकारी कार्यालयले इन्टरनेट सेवा पुर्‍याईएको छ । ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तरगत ७५ जिल्लाका ९ हाल ७७० १८ ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजका ७० ओटा जिल्लामा परियोजना शतप्रतिशत सम्पन्न भइसकेको छ ।

त्यस्तै बाँकी एक ओटा प्याकेजका ४ ओटा जिल्लाको काम ५० प्रतिशत सम्मपन्न भएको प्राधिकरणले जनाएको छ । कुल ७०२ स्थानीय निकायमध्ये ६९७ स्थानीय निकायका १५ हजार ९४८ स्थानमा जडान गरिसकिएको छ। अब ५ स्थानिय निकायका १०५ स्थानमा मात्रै बाँकी रहेको प्राधिकरणले बताएको छ ।

  • १० फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech