८ बैशाख २०८१, शनिबार

सुर्खेतमा रंगशाला बनाउने तयारी तीव्र
  • न्युज मानसराेवर

सुर्खेत \कर्णाली प्रदेशको राधानी वीरेन्द्रनगरमा अबको दुई वर्षमा रंगशाला निर्माण सम्पन्न हुने भएको छ । तीन महिना अघिबाट जमिन सम्याउने काम भइरहेको छ । अबको तीन महिनाभित्र भवन तथा अन्य संरचनाको डिजाइन बनाइ सकिने र त्यसपछि कामले गति लिने बताइएको छ ।

एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लगानीमा प्रदेश गौरवको आयोजनाको रुपमा रंगशाला निर्माणको तयारी थालिएको हो । रंगशाला प्रदेश सरकारको लगानीमा बन्न लागेको हो ।

रंगशाला निर्माणको जिम्मा कम्पनी एमएसीरजिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौंले लिएको छ ।

हाल निर्माण सुरु भएको रंगशाला इपिसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रंगशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

दश हजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रंगशाला निर्माण हुनेछ ।

  • १२ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech