८ बैशाख २०८१, शनिबार

फाप्ला क्रिकेट मैदान निमार्ण गर्न १५ अर्ब खेलकुद मन्त्रीःगहतराज
  • न्युज मानसराेवर

धनगढी \युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला क्रिकेट रंगशाला नेपालकै ठुलो ड्रिम प्रोजेक्ट रहेको बताएका छन। शुक्रबार कैलालीको धनगढी आएका मन्त्री अथकले सरकारले फाप्ला क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताएका हुन।

धनगढी उपमहानगरपालिका वडा नं३ फाप्लामा रहेको मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री अथकले राष्ट्रिय गौरवको योजनाका रूपमा उक्त मैदान निर्माण प्रक्रिया सुरू गरीएको जानकारी गराए । हालै मात्र मैदान निर्माणकालागि मन्त्रिपरिषदको बैठकबाट स्वीकृति प्राप्त भएको बताउँदै मन्त्री अथकले १५ अर्ब  लागत अनुमान गरिएको छ’। मन्त्री अथकले भनेका छन’।

मन्त्री अथकसहितको टिमले धनगढी रंगशालाको निर्माणाधीन प्याराफिट, कवर्डहल तथा विभिन्न खेल संरचनाहरूको समेत अनुगमन तथा निरिक्षण गरेका छन। अनुगमनमा युवा तथा खेलकुद मन्तालयका सचिव डा. दामोदर रेग्मी, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुर बहादुर चन्द, खेलकुद विकास समितिका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो ।

  • १३ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech