२३ बैशाख २०८१, आईतवार

भान्सामा मरिच किन ?
  • न्युज मानसराेवर

बाँके\जाडो याममा चियामा मरिच राखेर खाने चलन छ । प्रायः जाडो समयमा चियामा राखिने कालो मरिचले न्यानो गराउन मात्र होइन, स्वास्थ्यलाई फाइदा गर्दछ ।

यी हुन् मरिचका फाइदा
मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।

मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच लाभदायी मानिन्छ ।

क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ । तर मरिचको ज्यादा सेवनले भने हाडजोर्नीमा समस्या निम्त्याउन सक्छ । तपाईंका आँखा कमजोर छन् भने मरिच पिसेर धूलो बनाउनुस् अनि घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नुस् । यसो गर्दा आँखा तेजिलो हुन्छ ।

पेटमा कीरा परेका छन् भने अलिकति मरिचको धूलो एक गिलास मोहीमा घोलेर पिउनुस् । अर्को उपाय भनेको दिनमा तीनचोटि मरिच किसमिससँग मिसाएर खानुस् ।

पाइल्सको समस्या छ भने मरिच उत्तम औषधी हो । जिरा, चिनी र मरिचका दानाहरूलाई पिँधेर धूलो बनाउनुस् अनि बिहान बेलुका तीनचोटि खानुस् । यो खाँदाखेरी जंक फूड तथा तेल हालेको खानेकुरा नखानुस् । साससम्बन्धी समस्या छन् भने पुदिनाको चियामा मरिच हालेर पिउनुस् । मरिच चपाउने गर्दा अनुहारका दागधब्बा र रोग निको हुन्छन् । दाँत दुखेको वा बिग्रेको छ भने मरिचले फाइदा गर्छ । पाइरिया भएको छ भने मरिचको धूलोमा नून हालेर दाँतमा दल्नुस्, ठीक हुन्छ । भुल्ने बानी छ भने महमा मरिचको धूलो हालेर दिनमा दुईचोटि खानुस् । वैदिकउपचार डट्कम

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech