१८ असार २०८३, बिहीबार

मान्छे खान पल्किएको बाघ नियन्त्रणमा लिनै मुस्किल
  • न्युज मानसराेवर

बाँके\ बाँकेको राप्तीसोनारी गाउँपालिकामा मान्छे खान पल्किएको बाघ नियन्त्रणमा लिनै मुस्किल परेको छ।बाघलाई खोज्न एक हप्तादेखि हात्ती परिचालन गरिएको छ।बाघलाई नियन्त्रणमा लिन आहार भैँसीको पाडा राखिएको छ ।

तर पाडा राखिएको नौं दिन वितिसक्दा समेत बाघले खाएको छैन् । हात्तीको सहायताले बाघको खोजी गरिए पनि अहिलेसम्म फेला नपरेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । बाघले मान्छेलाई आक्रमण गरेको ठाउँमा पाडा राखिएको छ । हात्तीलाई हरेक दिन तीन–चार पटक जंगल पठाउने गरिएको छ । बाघ खोज्ने क्रममा बाघ हिड्ने बाटो फेला परेको बन हेरालु अयोध्या थारुले बताए ।

उनले बाघको ताजा पाइला भेटिए पनि बाघ अहिलेसम्म फेला नपरेको बताए । बाघको आक्रमणबाट राप्तीसोनारीमा मात्रै पाँचजनाको मृत्यु भइसकेको छ ।

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech