२३ बैशाख २०८१, आईतवार

आज देशभरको मौसम सफा रहने
  • न्युज मानसराेवर

बाँके\ हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा साथै कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको साथै पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यत सफा रहनेछ।

प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू्भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • १७ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech