२३ बैशाख २०८१, आईतवार

ल्होसारको अवरमा बैजनाथ गाउँपालिका अध्यक्ष द्धारा शुभकामना व्यक्त
  • न्युज मानसराेवर

बाँके\ आज देशका विभिन्न भूभागहरुमा ग्याल्बो ल्होसार मनाइँदैछ । यो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।यसै पर्वको अवसरमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले शुभकामना व्यक्त गर्दै ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बताएका छन।

उनले सबै धर्म र संस्कृतिको महत्व रहेको बताउदै हिमाली जिल्ला बाट बैजनाथमा बसोबास गर्ने बौद्धमार्गी आदिवासी शेर्पा समुदायमा भावनात्मक सत्भाव कायम रही आएको उल्लेख गरेका छन।  पर्वको अवसरमा नेपाल सरकारले  आज सार्वजनिक बिदा दिएको छ ।

  • १९ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech