१३ बैशाख २०८१, बिहीबार

मेयरकप रनिङ्ग शिल्डमा सहभागि हुने हो ? लौ फाल्गुन २९ गतेसम्म टिम दर्ता गरौँ है
  • विनोद भट्राई

कोहलपुर \बाँकेको कोहलपुर नगरपालिकाको आयोजनामा आगामी चैत्र १ गतेदेखि ३ गतेसम्म संचालन हुन लागेको पाँचौ अन्तर मा.वि मेयर कप रनिङ शिल्ड प्रतियोगिता भाग लिने विद्यालयले यही फाल्गुन २९ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने भएको छ।

बुधबार कोहलपुर नगरस्तरिय मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता संचालन तथा ब्यवस्थापन उप समितिको बैठकले यहि फाल्गुन २९ गते साझ ५ बजेसम्म खेलाडीको विवरण सहित टिम दर्ता गरिसक्नु पर्ने निर्णय गरेको खेलकुद प्रतियोगिता संचालन तथा ब्यवस्थापन उप समितिका सचिव दिनेश सिग्देलले जानकारी दिए।

कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (कृसा) ले संचालन तथा ब्यवस्थापनको जिम्मा लिएको पाँचौ कोहलपुर नगरस्तरिय मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा संञ्चालन हुन लागेको छ। प्रतियोगिता संचालन तथा ब्यवस्थापन उप समितिको बैठकले खेलकुदलाई ब्यवस्थित रुपमा संचालन गर्न विभिन्न उप समिति समेत गठन गरेको छ।

निजि तथा सामुदायिक विद्यालय गरी करिब ३८ वटा विद्यालयहरुको सहभागिता हुने मेयर कप प्रतियोगितामा छात्ररछात्रा दुवै तर्फ फिल्ड र ट्रयाकका एक सय मिटर ,पन्ध्र सय मिटर दौड, लङजम्प र भलिबल लगायतका खेलहरु समावेश गरिएका छन । यो वर्ष समय अभावका कारण कपर्दि र हाइजम्म खेलहरु भने समावेश नगरिने कोहलपुर नगर शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मिजारले जानकारी दिए।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech