८ बैशाख २०८१, शनिबार

खेलकुदमन्त्री अथकले गरे पोखरा रंगशालाको निरीक्षण, नवौं प्रतियोगिताको तयारीमा जुट्न निर्देशन
  • न्युज मानसराेवर

बाँके\युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेका छन् ।

बिहिबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुगेका मन्त्री अथकले रंगशाला परिसरमा रहेका खेल पूर्वाधारहरूको स्थलगत निरीक्षण गरेका हुन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि आवश्यक तयारीका सन्दर्भमा जानकारी लिन पोखरा पुग्नुभएका मन्त्री अथकले प्रतियोगिताको मिति तय गर्नेबारे छलफल भइरहेको बताए ।

‘आगामी जेठ दोस्रो साताभित्रै प्रतियोगिता सम्पन्न गर्ने बारे सोचिरहेका छौं”, मन्त्री अथकले भने, “चैत्रमा विद्यालयस्तरीय परिक्षा संचालन हुने तथा बैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन लगत्तै प्रतियोगिता संचालन गर्ने गरी छलफल भइरहेको छ ।’

उनले आगामी जेठभित्रै प्रतियोगिता गर्नुपर्ने भएकाले आवश्यक तयारी थाल्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन समेत दिएका छन् ।

रंगशालाको निरीक्षणका क्रममा पौडी र सुटिङ्ग बाहेका सबै खेलहरु रंगशाला हाताभित्रै संचालन गर्न सम्भव देखिएको मन्त्री अथकले
बताए ।  निर्माणाधिन अवस्थामा रहेको पौडी पोखरी निर्माण सम्पन्न हुन अझैं केही समय लाग्ने बताउँदै मन्त्री अथकले वैकल्पिक उपाय खोजेर भएपनि पौडी सहितका सबै खेलहरु पोखरामै संचालन गरीने बताए ।

 

  • २७ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech